अरब सागरमा अमेरिकी नौसेनाको हेलिकप्टर दुर्घटना, एक चालक दलका सदस्य बेपत्ता
This handout picture released by the US Navy on May 9, 2019 shows an MH-60R Sea Hawk Helicopter, assigned to the Grandmasters of Helicopter Maritime Strike Squadron 46 aboard the Arleigh Burke-class guided-missile destroyer USS Nitze (DDG 94) as it takes off from the ships flight deck. Nitze is underway as part of Abraham Lincoln Carrier Strike Group (ABECSG). The US is deploying an amphibious assault ship and a Patriot missile battery to bolster an aircraft carrier and B-52 bombers already sent to the Gulf, ratcheting up pressure on Iran. The USS Arlington, which transports marines, amphibious vehicles, conventional landing craft and rotary aircraft, and the Patriot air defence system will join the Abraham Lincoln carrier group, the Pentagon announced on May 10. (Photo by Madysson Anne Ritter / Navy Office of Information / AFP) / RESTRICTED TO EDITORIAL USE - MANDATORY CREDIT "AFP PHOTO /US NAVY" - NO MARKETING NO ADVERTISING CAMPAIGNS - DISTRIBUTED AS A SERVICE TO CLIENTS
काठमाडौं । अन्तर्राष्ट्रिय जलक्षेत्र अरब सागरमा अमेरिकी नौसेनाको एक हेलिकप्टर आकस्मिक अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ।
अमेरिकी नौसेनाको ‘यूएसएस जर्ज एच डब्लु बुश’ विमानवाहक जहाजबाट उडान भरेको ‘एमएच–६०एस सीहक’ हेलिकप्टर स्थानीय समय अनुसार दिउँसो करिब १ बजे समुद्रमा आकस्मिक अवतरण गर्न बाध्य भएको हो।
हेलिकप्टरमा सवार चालक दलका चार सदस्यमध्ये तीन जनालाई तत्कालै सुरक्षित उद्धार गरी विमानवाहक जहाजमा लगिएको र उनीहरूको अवस्था सामान्य रहेको अमेरिकी नौसेनाको सेन्ट्रल कमान्डले जनाएको छ। दुर्घटनामा परेका चालक दलका एक सदस्य भने अझै बेपत्ता रहेकाले उनको खोजीका लागि नौसेनाले व्यापक रूपमा खोजी तथा उद्धार कार्य (सर्च अपरेसन) सञ्चालन गरिरहेको छ।
अमेरिकी सैन्य अधिकारीहरूका अनुसार हेलिकप्टरमाथि कुनै बाह्य आक्रमण भएको वा खसालिएको भन्ने प्रकारको कुनै संकेत फेला परेको छैन। आकस्मिक अवतरणको मुख्य कारण हालसम्म खुल्न नसकेको र यस घटनाको प्राविधिक अनुसन्धान सुरु गरिने नौसेनाले स्पष्ट पारेको छ।
अमेरिका र इरानबीच भर्खरै युद्धविराम भए तापनि पश्चिम एसियाली क्षेत्रमा भू-राजनीतिक तनाव कायमै रहेको संवेदनशील समयमा यो दुर्घटना भएको हो। समुद्री व्यापारिक मार्गको सुरक्षा र क्षेत्रीय सैन्य परिचालनका लागि गत अप्रिल महिनादेखि अरब सागरमा तैनाथ दुई अमेरिकी विमानवाहक जहाजमध्ये ‘यूएसएस जर्ज एच डब्लु बुश’ एक हो।
समुद्रमा हेलिकप्टरको आकस्मिक अवतरण प्राविधिक रूपमा अत्यन्तै जोखिमपूर्ण मानिने भए तापनि चालक दलका बाँकी सदस्यको खोजी कार्य जारी रहने अमेरिकी अधिकारीहरूले बताएका छन्।






डिसी नेपाल





Facebook Comment