मेलम्चीको मुहानमा लेदोसहितको बाढी: काठमाडौं उपत्यकामा पानी आपूर्ति अनिश्चितकालका लागि बन्द

डिसी नेपाल
१९ असार २०८३ ९:५८

काठमाडौं। सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा लेदोसहितको बाढी पसेपछि काठमाडौं उपत्यकामा वितरण हुँदै आएको खानेपानी आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द भएको छ।

वर्षाका कारण मुख्य मुहानमा पानी अत्यधिक धमिलो र लेदोयुक्त भएपछि सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी पठाउने कार्य रोकिएको हो। पानी धमिलो भएपछि त्यसलाई शुद्धीकरण गर्ने प्रशोधन प्रक्रियामा प्राविधिक जटिलता उत्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ।

केयुकेएलका प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानमा पानीको गुणस्तरमा सुधार आएलगत्तै पुनः प्रशोधन प्रक्रिया सुरु गरेर पूर्वनिर्धारित तालिकाबमोजिम नै वितरण प्रणाली सुचारु गरिनेछ।

तर, मुहान क्षेत्रमा निरन्तर वर्षा भइरहेमा उपत्यकामा पुनः पानी आपूर्ति सञ्चालन गर्न केही दिन वा थप समय लाग्न सक्ने अनुमान गरिएको छ। वर्षायाममा मुहान सुरक्षित राख्न र लेदोले सुरुङमा क्षति नपुगोस् भनी आयोजनाले सतर्कता अपनाउँदै आपूर्ति बन्द गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *