कुवेतमा ड्रोन आक्रमणमा नेपाली सवारी चालक सोमकुमार तामाङको निधन
काठमाडौं । उत्तरी कुवेतमा भएको एक ड्रोन आक्रमणमा परी सवारी चालकका रूपमा कार्यरत ४४ वर्षीय नेपाली नागरिक सोमकुमार तामाङ को निधन भएको छ।
तेह्रथुम जिल्ला स्थायी घर भएका तामाङको वैदेशिक रोजगारीका क्रममा कार्यक्षेत्रमै मृत्यु भएको हो।
कुवेती अधिकारीहरूबाट आधिकारिक जानकारी प्राप्त भएपछि कुवेतस्थित नेपाली दूतावासले उक्त दुःखद् घटनाको पुष्टि गरेको छ।
नेपाली दूतावासका अनुसार मृतक तामाङको शवलाई यथाशीघ्र स्वदेश (नेपाल) फिर्ता पठाउन र आवश्यक कानुनी प्रक्रियाहरू पूरा गर्नका लागि स्थानीय कुवेती अधिकारीहरूसँग निरन्तर समन्वय भइरहेको छ।
यस दुःखद् घटनापछि नेपाली दूतावासले कुवेतमा बसोबास तथा कार्यरत सम्पूर्ण नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अपील गरेको छ।
दूतावासले कुवेत सरकार र स्थानीय सुरक्षा निकायहरूले जारी गरेका सुरक्षासम्बन्धी निर्देशन तथा पूर्वसावधानीका उपायहरूलाई पूर्ण रूपमा पालना गर्न सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment