गोरखाको छेकम्पारमा पहिरो, बुढीगण्डकी नदी थुनियो तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह
गोरखा। गोरखाको चुमनुब्री गाउँपालिका–७, छेकम्पारमा सोमबार बिहान पहिरो जाँदा बुढीगण्डकी नदी थुनिएको स्थानीयले बताएका छन् ।
गृहमन्त्री सुधन गुरुङको सचिवालयले जारी गरेको सूचना अनुसार सोमबार बिहान १०:१० बजे छेकम्पारमा पहिरो गएको र त्यसका कारण बुढीगण्डकी नदी अवरुद्ध हुनसक्ने प्रारम्भिक सूचना प्राप्त भएको छ।
पहिरोले नदी थुनिएर ठूलो जलाशय बनेमा एक्कासी बाँध फुट्न गई तल्लो तटीय क्षेत्रमा भीषण बाढी आउन सक्ने जोखिम रहेको छ।
हेर्नुहोस् पहिरोको भिडियो –
बुढीगण्डकी नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई खोला किनारमा नजान र तत्काल सुरक्षित एवम् अग्लो स्थानमा सर्न आग्रह गरिएको छ।
यो प्रारम्भिक सूचना भएकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक अपडेटहरूमा ध्यान दिन सर्वसाधारणलाई सूचित गरिएको छ।
कुनै पनि विपद् वा आपत्कालीन अवस्थाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र को टोल-फ्री नम्बर १२३४ मा तुरुन्त सम्पर्क गर्न भनिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment