प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ह्याप्पी इनर्जीको २० लाख रुपैयाँ सहयोग

डिसी नेपाल
१९ भदौ २०८३ १४:४८

काठमाडौं। ह्याप्पी इनर्जी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत उक्त सहयोग रकम कोषमा हस्तान्तरण गरेको हो।

शुक्रबार कम्पनीका सञ्चालकहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

सहयोग रकम ग्रहण गर्दै मन्त्री श्रेष्ठले विपद्को कठिन परिस्थितिमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। उनले संकटका बेला नेपालीहरू एकजुट भएर एकअर्कालाई सहयोग गर्ने परम्परा रहेको र अहिलेको घडीमा पनि त्यही सहकार्यको भावना आवश्यक रहेको बताए।

मन्त्री श्रेष्ठले विपद्को समयमा आर्थिक सहयोगका साथै नैतिक, भौतिक तथा प्राविधिक सहयोगको उत्तिकै आवश्यकता रहने उल्लेख गर्दै ‘जसले जे सक्छ, त्यही सहयोग गर्नु’ नै अहिलेको प्रमुख दायित्व भएको धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *