जुम्लाको पाटनमा बेपत्ता १२ जना सकुशल घर फिर्ता
फाइल फाेटाे।
जुम्ला । जुम्लाको तिला गाउँपालिका–९ स्थित सेरा फूलबारी पाटनमा जडिबुटी सङ्कलन गर्न गएका १२ जना आइतबार राति घर फर्किएका छन् । गत बिहीबार पाटन गएका उनीहरु जडीबुटी टिप्न गएका तिला गाउँपालिका–९ ढिपु गाउँका धनबहादुर बोहरा, छविराज बोहरा, जङ्ग रावत, सुमबहादुर बोहरा, नरवीर बोहरा, तुलु बोहरा, ननिलाल रावत, सूर्य रावत, कल्पना बोहरा, लाउरी बोहरा, रेश्मा बोहरा र मनमाया बोहरा र नरबहादुर बोहरा सकुशल घर आइपुगेको वडाध्यक्ष शेरबहादुर बोहराले बताए ।
निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले बेपत्ता भएको सूचना पाएपछि उद्धारका लागि सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा राखे पनि सबै सकुशल घर फर्की आएकाले स्थगन गरिएको बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment