सूर्योदय र सूर्यास्त हेर्ने बतासे डाँडामा नगरकोट महोत्सव

डिसी नेपाल
६ माघ २०७६ ७:३१

भक्तपुर । ‘प्राकृतिक सम्पदा कला र संस्कृति, पर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ पर्यटन वर्ष २०२० लाई सफल बनाउन दोस्रो नगरकोट महोत्सव हुने भएको छ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिको संयोजनमा यही माघ १०, ११ र १२ गते बतासे डाँडामा हुने महोत्सवको तयारी पूरा भएको समितिका अध्यक्ष नवीन गुरुङले जानकारी दिए ।

यहाँबाट गणेश, लाङ्टाङ गौरीशङ्कर हिमशृङ्खलाको आनन्द लिन सकिन्छ । सर्वोच्च हिमशिखर सगरमाथालगायतका ११ शृङ्खला र सूर्योदय एवं सूर्यास्तको मनोरम दृश्यको आनन्दलिन यहाँ आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण हुने गरेको छ।

पर्यटकीयस्थल नगरकोटमा बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्यका साथ हुन लागेको महोत्सवमा रु ४६ लाख खर्च हुने समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिए ।

सोनाम ल्होछारको समेत अवसर पारेर हुन लागेको महोत्सवमा ६० देखि ७० वटा प्रदर्शनीकक्ष रहने जानकारी दिँदै उहाँले महोत्सवका लागि पर्यटन बोर्ड, चाँगुनारायण नगरपालिका, मण्डन देउपुर नगरपालिका, विभिन्न व्यवसायी र होटल व्यवसायीको प्रायोजन रहने गरी कार्यक्रमको तयारी गरेको उनले बताए ।

महोत्सवमा स्थानीय विभिन्न खानाको परिकार, स्थानीय कृषि उत्पादन, स्थानीय, कला–संस्कृति एवं पर्यटन प्रवद्र्धनसम्बन्धी प्रदर्शनीकक्ष रहने छन्।

महोत्सवमा ख्याति प्राप्त करिब १३ जना गायक गायिका, चर्चित कलाकारको साङ्गीतिक एवं हास्यव्यङ्ग्यात्मक प्रस्तुति रहने छन्।

स्थानीय मौलिक कला झल्किने विभिन्न प्रस्तुति र लोपोन्मुख बाजागाजा प्रदर्शन गरिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *