सातै प्रदेशमा यसरी भईरहेको छ राष्ट्रियसभाको निर्वाचन (फोटो फिचर)
राष्ट्रियसभा निर्वाचनमा मतदान गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र गण्डककीका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ।
काठमाडौँ । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा अहिले मतदान जारी छ । कूल सदस्य मध्ये १८ पदका लागि विहान १० बजेदेखि मतदान सुरु भएको हो।

वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गरेका छन् । यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन/तीन जनाका दरले छ जनाको उम्मेदवारी रहेको छ।

प्रदेश नं १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश नं २ को जनकपुरधाम उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरलाई बनाईएको मतदानस्थलमा मतदान जारी छ ।

यसैगरी प्रदेश नं ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदानस्थलमा मतदान भइरहेको छ ।
















सबै तस्बिर राष्ट्रिय समाचार समिति (रासस)







डिसी नेपाल








Facebook Comment