अनौठो प्रेमकथाः १० वर्षका प्रेमी १३ वर्षकी प्रेमिका, गर्भमा हुर्किंदैछ बालक प्रेमीकै सन्तान
काठमाडौं। गर्भवती भएकी १३ वर्षकी एक बालिकाले आफ्नो गर्भमा हुर्किरहेको बच्चा आफ्ना १० वर्षका प्रेमीको भएको दावी गरेकी छिन् । बालिकाका अनुसार उनीहरुको भेट करिब १ वर्ष अगाडि भएको थियो र उनीहरुबीच पहिलो नजरमै प्रेम भएको थियो । इभान नामका बालक र डरिया नामकी बालिकाको यो जोडी रुसको झेलेग्नोगोर्स्क शहरका हुन् ।
द सनको रिपोर्ट अनुसार यी दुवै एक टेलिभिजन शोमा सहभागी भएका थिए । उनीहरुले टिभी शोमा आफ्नो सम्बन्धका बारेमा उठेका कैयौं प्रश्नको जवाफ दिए । द रसिया वन च्यानलको शो ‘फादर एट टेन’मा उनहिरुको कहानी प्रसारण भएको थियो । यद्यपि इभानको जाँच गर्ने डाक्टर इभगिनी ग्रेकोभले भने इभान बच्चा जन्माउनको लागि शुक्रकिट उत्पादन गर्न निकै अपरिपक्व भएकोले उनी बच्चाको पिता हुन नसक्ने बताएका छन् ।
बालिका भने यो कुरा मान्न तयार छैनन् । उनले आफ्नो अन्य कुनै पार्टनर भएको कुरा पनि अस्वीकार गरेकी छिन् । रोचक त के भने एक मनोविज्ञले ती बालिकाको कुरा आफूलाई विश्वस लागेको बताएका छन् । रिपोर्टका अनुसार यी दुवै बालबालिका अभिभावकको अनुमतिपछि टिभी शोमा सहभागी भएका थिए । अभिभावकले दुवै बालबालिकाको मेडिकल जाँचको अनुमति पनि दिएका थिए ।
यो जोडीलाई लिएर स्थानीय समाजमा भने गम्भीर बहस सुरु भएको छ । ८ महिनाकी गर्भवती डरिया र उनकी आमा बच्चालाई हुर्काउन चाहन्छन् । डरियाकी ३५ वर्षकी आमा एलेनाले आफ्नी छोरीले स्वयं यो सम्बन्ध स्वीकार गरेको बताएकी थिइन् । बालक इभानकी आमालाई पनि आफ्नो छोराको कुरामा विश्वास छ र उनी पनि बच्चाको पिता आफ्नो छोरा नै भएको मान्छिन् । उनले भनिन् ‘मलाई लाग्छ ऊ स्वयंलाई यो कुरा राम्रोसँग थाहा छैन कि के भएको छ । उन केवल बच्चा हो, भलै उसले आफूलाई ठूलो सम्झिएला ।’
डरियाले आफू र आफ्नो ब्वाइफ्रेण्डले एक अर्कालाई धेरै ख्याल गर्ने बताएकी छिन् । दुवैले सामाजिक संजालमा आफूलाई विवाहित समेत लेखेका छन् । यद्यपि यो जोडीले स्थानीय समाजका मानिसहरुको आक्रोशको सामना गर्नु परिरहेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment