कोरोना भाइरसबाट मंगलबार मात्रै ६६ जनाको मृत्यु, २४ हजार बढी संक्रमित

डिसी नेपाल
२२ माघ २०७६ ८:२९

काठमाडौँ । चीनमा ब्यापक फैलिएको कोरोना भाइरसबाट मंगलबार मात्रै ६५ जनानको ज्यान गएको छ। चीन बाहिर मंगलबार हङकङमा एक जनाको ज्यान गएको छ ।

हालसम्म कोरोना भाइरसबाट चीनमा ४९० जनाको ज्यान गइसकेको र २४ हजार ३२४ जना संक्रमित भएको  चाईना डेलीले जनाएको छ । यसअघि उक्त भाइरसका कारण फिलिपिन्समा पनि एक जनाको ज्यान गएको थियो ।

चीनमा सोमबार पनि ६४ जनाको मृत्यु भएको थियो ।

चीन बाहिर ४० देशमा कोरोनाको प्रकोप देखिएको र उक्त भाइरसबाट करिब ५० जना संक्रमित भएको बीबीसीले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ ।

यसैगरी कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्र चीनको हुबे प्रान्तमा रहेका नेपालीहरूलाई उद्धार गर्ने सरकारले तयारी गरेको छ ।

बेइजिङस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेकोमा एक सय ८० जना नेपालीले फारम भरेका थिए ।

सरकारले ती नेपालीलाई काठमाडौँ ल्याउन २ विमान तयारी अवस्थामा राखेको छ।

यसअघि अमेरिका, ब्रिटेन, अस्ट्रेलिया, भारत र अन्य देशले वुहान र वरपर रहेका आफ्ना नागरिकलाई फिर्ता लगेका थिए।

पछिल्लो विवरणअनुसार ताइवानले पनि वुहानबाट आफ्ना झन्डै ५०० नागरिकको उद्धार गरेको छ।

उनीहरू ताइपेई पुगिसकेका छन् र उनीहरूलाई दुई सातासम्म अलग्गै राखेर स्वास्थ्य परीक्षण गरिने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

One thought on “कोरोना भाइरसबाट मंगलबार मात्रै ६६ जनाको मृत्यु, २४ हजार बढी संक्रमित

  1. त्यो भरत दाहाल भन्ने माओबादीको दलाल हो। त्यसको interview किन लिएको ? जति बेला पनि , प्रचंडे को ढाकछोप गरेर बोलेको हुन्छ। त्यो दलाल चोरको , कुनै कुरो पनि मिल्दैन। 2 लाख 50 हजार नेपाली जनताको रगत मासु खाएको प्रचंड लाइ , लुकाउन , ढाकछोप गरेर बोल्छ। त्यस्तो राजनितिक बिस्लेषक नै हैना। त्यसलाई बरु मारदीने हो अब। निकै बाठो बनेर , आँखामा छारो हालेर कुरो गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *