खेल विकासमा प्रशस्त लगानी भएको छ: गृहमन्त्री थापा

डिसी नेपाल
३ फागुन २०७६ १७:३९

हेटौंडा । गृहमन्त्री रामबहादुर थापाले सरकारले समग्र विकाससँगै खेल क्षेत्रमा प्रशस्त लगानी गरेको जानकारी दिएका छन्। मकवानपुरको वाग्मती गाउँपालिकामा आयोजित तेस्रो गोल्डकपको उद्घाटन गर्दै उनले राजनीतिक परिवर्तनसँगै देशले खेल क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको बताए ।

“हालै सम्पन्न दक्षिण एशियाली खेलकूद प्रतियोगितामा हासिल नतिजा यसक्षेत्रको प्रगतिको ज्वलन्त नमूना बनेको छ ।” गृहमन्त्री थापाले भने। उनले खेलकूद स्वास्थ्य, अनुशासन, सद्भाव वृद्धिका लागि महत्वपूर्ण रहेकोे र खेलकूदलाई व्यावसायिक बनाउन सकिएमा यही माध्यमबाट विकास र समृद्धिको अभियान शुरु गर्न सकिने उल्लेख गरे ।

मन्त्री थापाले १८ वर्षअघि आफू तत्कालीन फापरबारी गाविस रहेको वाग्मतीमा आएको र आज १८ वर्षपछि आउँदा विकास र रहन सहनमा थुप्रै परिवर्तन पाएको बताए । गृह मन्त्रालयले वाग्मतीमा इलाका प्रशासन कार्यालय स्थापनाको पहल गरिरहेको उनले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *