‘चीनबाट ल्याइएका नेपालीको व्यवस्थापनमा ६ करोड खर्च’

डिसी नेपाल
४ फागुन २०७६ ११:२०

काठमाडौँ । चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ।

आइतबार विहान नेपाल एयरलाइन्सको विशेष विमानस्थलबाट ल्याईएका उनीहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्याइएको हो ।

चीनबाट ल्याइएका १७५ तथा विमान चालक दलका सदस्य र कर्मचारीको व्यवस्थापनका लागि सरकारको करिब रु छ करोड खर्च हुने भएको छ।

वुहान ५५, झिङझाओ ४८, सियन २९, इन्सी २६, जिङमेन ९ र यिचाङबाट ८ जना गरी १३४ पुरुष र ४१ महिलासहित १७५ लाई नेपाल ल्याइएको हो।

हुबेई प्रान्तबाट ल्याईएका नेपालीलाई खरिपाटी लगियो

चीनबाट १७५ जना नेपाली बोकेर काठमाडौं आइपुग्यो विमान

कोरोना भाइरसबाट शनिबार १४३ जनाको मृत्यु, ६८ हजार बढी संक्रमित

खरिपाटीस्थित क्वारेन्टाइनको तयारी पूरा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *