प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख डा. पौडेललाई ‘इन्टरनेशनल पोइट्री अवार्ड’

डिसी नेपाल
२८ फागुन २०७६ १०:५६

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका साहित्य (पद्य–काव्य) विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेल इन्टरनेशनल पोइट्री अवार्डबाट सम्मानित भएका छन् ।

पौडेललाई इनसाइक्लोपेडिया विकिपोइजियाका तर्फबाट संस्थाका प्रतिनिधि रोक्को लनटाले नेपाल प्रज्ञा-प्रतिष्ठानमा आएर क्रस गोल्ड इन्टरनेसनल पोइट्री अवार्ड प्रदान गरको हुन् ।

विकिपोइजिया इनसाइक्लोपेडिया पोइजियाको गत जनवरी ३ का दिन इटालीमा सम्पन्न कङ्ग्रेसले प्रा. डा. पौडेललाई मानार्थ अध्यक्षको सम्मान र उक्त अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो।

नेपाल प्रज्ञा–प्रतिष्ठानको पद्य–काव्य विभागले नेपाली कविता–काव्यका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान र अवार्ड प्रदान गरिएको उक्त संस्थाका प्रतिनिधि लनटाले बताए ।

इनसाइक्लोपेडिया विकिपोइजियामा हालसम्म विश्वभरबाट दशलाखभन्दा बढी कविहरू सदस्यका रूपमा समेटिएका छन् ।

अवार्ड प्रदानका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाल प्रज्ञा–प्रतिष्ठानको पद्य–काव्य विभागका प्रमुखलाई सम्मान गरेकोमा उक्त विकिपोइजिया इनसाइक्लोपेडिया पोइजियाप्रति धन्यवाद ज्ञापन गर्दै यस कार्यले विश्वमा कविता–काव्यको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *