इटलीबाट कोरोना संक्रमित ल्याएर जर्मनीले थाल्यो उपचार

डिसी नेपाल
११ चैत २०७६ १२:२९
24
Shares

जर्मनी । ईटालीका कोरोना संक्रमितलाई जर्मनीले आफ्नै देशमा ल्याएर उपचार गर्न शुरु गरेको छ । युरोपीयन समय अनुसार मंगलबार राती १ बजे इटालियन वायुसेनाको एक सैन्य विमान बिरामीहरू लिएर लाइपजिग एयरपोर्टमा उत्रिएको हो ।

विश्वभरमा कोरोनाका कारण मृत्यू हुनेको संख्या सबैभन्दा बढि इटलीमा छ । उपचार गर्न ठाउको अभाव, उपचारमा संलग्न २ दर्जन चिकित्सकहरुको निधन र आवश्यक चिकित्सकहरु नपुगेर ईटालीका प्रधानमन्त्री साह्रै भावुक भएका थिए।

पछिल्लो साता इटालीले यस्तो अवस्थामा पनि इयूका मुलुकको कुनै सहयोग नभएकोमा चित्त दुखाएको थियो । आज आफ्नै देशमा उताका बिरामी ल्याएर उपचार गर्न लागेको जर्मनीले हिजो मात्रै ३ सय भेन्टिलेटर, केहि विज्ञ र अन्य चिकित्सा उपकरण सहितको टोलीलाई पठाएको थियो।

गत साता मात्रै जर्मनीको अस्पतालहरुले फ्रान्सका कोरोना संक्रमित गम्भीर बिरामीहरुलाई सघन उपचार कक्षमा राखेर उपचार गराउने निर्णय गरेको थियो । पुरै युरोप कोरोनाबाट आक्रान्त त छदैछ झन ईटालीलाई नराम्ररी गाजेंको छ ।

कोरोना विरुद्धको यो लडाईंमा चीन, रुस, क्यूवा र जर्मनीले इटलीमा सहयोग गरिरहेका छन् अत्यन्तै प्रभावित इटलीको लोम्बार्दी सहर लगायत अन्य क्षेत्रमा क्यूबाका ५२ चिकित्सकले उपचार सहयोग गरिरहेका छन् । कोरोनाको उपचारका लागि क्युबाले ६० देशमा आफ्ना नर्स र डाक्टरलाई खटाएको छ ।

२०१४ मा अफ्रिकामा इबोला माहामारीको विरुद्ध लड्दा पनि क्युबाको व्यापक प्रशंसाा भएको थियो । विश्वको मन जितेको थियो। चीनको टोली २ साता अघिनै आवश्यक केही उपकरण र चिकित्सक टोली सहित इटाली पुगेर उपचार कार्य र आवश्यक सहयोग जारी राखेको छ ।

रुसले पनि आईतबार चिकित्सा उपकरण र केही स्वाथ्यकर्मीको टोलीलाई इटाली उतारेको छ । जसमा केही भाइरोलोजिस्ट र बैज्ञानिकहरु पनि रहेका छन् । कोरोना भाईरस लागेका गम्भीर बिरामीलाई १५ दिनसम्म सघन उपचार कक्षमा राखेर उपचार गर्नु पर्ने हुन्छ।

यूरो न्यूजका अनुसार, ईटलीमा जम्मा ५ हजार ९०, स्पेनमा ४ हजार ४ सय ४, फ्रान्समा ५ हजार सरकारी अस्पतालमा र ४ हजार निजी अस्पतालमा गरेर कुल ९ हजार, जर्मनीमा २८ हजार र स्विट्जरल्याण्डमा १ हजार तर चालु अवस्थामा रहेको ८ सय मात्र सघन उपचार कक्ष (Intensive Care Unit) रहेको छ।

जर्मनीमा भने २८ हजारको संख्यामा आईसीयू रहेको छ। यो जनसंख्याको आधारमा विश्वमा अमेरिका पछि दोश्रो हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *