काेराेना भाइरस : सेनाले भेटघाटलाई बन्द गर्‍याे

डिसी नेपाल
१२ चैत २०७६ १३:२४
4
Shares

काठमाडौं। कोरोना भाईरस (कोभिड १९) संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्येनजर गरी जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा अर्को सूचना प्रकाशित नभएसम्म गैर सैनिक तथा अन्य कार्यालयका भिजिटरहरुको प्रवेशमा निषेध गरिएको छ।
हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस लगायत नेपाली सेनाको अन्य विविध गतिविधिहरु प्रेस विज्ञप्तीमार्फत जानकारी गराईने भन्दै भेटघाटलाई बन्द गरेको छ। सेनाले आफ्ना सबै कार्यक्रमहरु स्थगित गर्दै आएको छ ।

आज सेना मूख्यालयमा पनि भेटघाटलाई बन्द गरेको छ। आवश्यक अवस्थामा मात्रै भेटघाट गरेपनि ३ मीटरको दुरी कायम गर्न सबै सैनिकहरुलाई निर्देशन दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *