बेल्जियममा “बिरालो” मा पनि कोरोना भाइरस पोजिटिभ !
युरोप । ब्रसेल्समा कोरोना लक्षण देखाउने एउटा बिरालाेको कोरोना भाइरसको लागि परिक्षण गरिएको छ । र, नतिजाले बिरालोमा सो भाइरसको संक्रमण पोजिटिभ देखाएको छ ।
सरकारका प्रवक्ताले शुक्रबार ब्रसेल्समा भने – “ यो एक पृथक मामला हो जुन, जनावर र संक्रमित व्यक्ति बीचको नजिकको सम्पर्कमा यसप्रकारको नतिजा आउन सक्छ ।”
लिज विश्वविद्यालयको पशु चिकित्सा संकायका वैज्ञानिकहरूले सो जाँच गरे अनी भने दुर्लभ मामिलाहरूमा, भाइरस मानवबाट जनावरमा सर्न सक्छ, कोरोना माहामारी र बिस्तारमा यी मामिलाको कुनै सम्बन्ध हुँदैन ।
खाद्य सुरक्षा प्राधिकरणका अधिकारीहरु यसो भन्छन्,”अहिलेसम्म त्यस्तो कुनै प्रमाण छैन कि कुनै घरपालुवा जनावरले यो भाईरस मानिस वा अन्य घरपालुवा जनावरमा सार्न सक्छ ।”
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment