इटालीमा कोरोनाका ५ खोप परीक्षण हुँदै

बिजय भुसाल
१८ चैत २०७६ ८:३०
16
Shares

इटाली । इटालीमा कोरोना भाइरसका पाँच खोपहरू परीक्षण हुने भएको  छ। इटालीको राजधानी रोम सहर नजिक रहेको क्यास्टेल रोमानोको बायोटेक कम्पनी टाकिसले ले कोभिड-१९ भ्याक्सिनको प्रि-क्लिनिकल मोडलहरूमा परीक्षण गर्न लागेको हो।

स्वास्थ्य मन्त्रालयबाट पनि अनुमति आइसकेको र खोपलाई मानव प्रयोगमा ल्याउने पहिलो चरणको काम पनि सुरु भै सकेको बायोटेक कम्पनीले जनाएको छ।

सबैभन्दा पहिले खोपको परीक्षण जनावरहरुमा गरिने र परिणाम सन्तोषजनक भएमा भ्याक्सिन मे महिनाको अन्तिमतिर मानवमा परीक्षण गरिने पनि कम्पनी ले जनाएको छ।

टाकिसका अनुसन्धानकर्ताहरू इटाली र युरोपमा कोरोना खोप परीक्षण गर्ने पहिलो व्यक्तिहरू भएको इटालियन संचार माध्यमहरुले जनाएका छन।

इटालीमा  सोमबारसम्म संक्रमितहरु को संख्या एक लाख कटेको छ।१०१७३९ जना सङ्क्रमित छन।नया सङ्क्रमितको संख्या २४ घन्टामा  ४०५० छ जुन मार्च १७ पछि सबैभन्दा कम हो।

आजसम्म  मृत्यु हुने को संख्या ११५९१ पुगेको छ  जुन २४ घन्टा मा ८१२ जना हो  भने  निको हुने को संख्या १४६२० छ। इटालीमा आजसम्म ६३ जना स्वास्थ्यकर्मीको मृत्यु भैसकेको छ। नागरिक संरक्षण एजेन्सीले दिएको जानकारी अनुसार  ६३५८ स्वास्थ्यकर्मी सन्क्रमित छन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *