लकडाउनमा नजिक चुरोट नपाएपछि खोज्दै जाँदा अर्को देश पुगे, हेलिकप्टरबाट उद्धार गर्नुपर्‍यो

डिसी नेपाल
२५ चैत २०७६ १६:४८

काठमाडौं। कोरोनाभाइरसका कारण विश्वका कैयौं देश लकडाउन छन् । लकडाउनका क्रममा अत्यावश्यक बाहेकका सबै पसल बन्द छन् । तर, चुरोटको लतले एक व्यक्तिलाई भने अर्कैं देश पुर्याइदिएको छ । यी व्यक्तिलाई चुरोटको यस्तो इच्छा भयो कि उनी चुरोट खोज्दै एक देशबाट अर्को देश पुगे ।

द टेलिग्राफको समाचार अनुसार फ्रान्सका यी व्यक्तिले लकडाउनका कारण नजिक चुरोट पाइरहेका थिएनन् । त्यसपछि उनी चुरोट किन्नको लागि फ्रान्सबाट स्पेनको लागि पैदल नै हिँडे । पुलिसले उनलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्यो । चुरोट किन्नका लागि फ्रान्देखि स्पेन पुग्ने यी व्यक्तिलाई फ्रान्सको माउन्टेन पुलिसले पर्थसको पहाडबाट हेलिकप्टरमार्फत उद्धार गरेको थियो ।

ती व्यक्ति पहाडको धेरै उचाइमा पुगेपछि निकै थाकिसकेका थिए । उनी जुन ठाउँमा फसेका थिए त्यहाँ निकै चिसो थियो । यसअघि पुलिसले ती व्यक्तिलाई क्याटेलोनियाको ला जोंकेरको स्पेनिस गाउँमा फ्रेन्च भूमध्य सागरको तटमा पेर्विग्ननमा घरभन्दा करिब २० माइल टाढा समातेको थियो । स्पेनको यो ठाउँमा चरोट निकै सस्तो पाइन्छ ।

फ्रान्सको माउन्टेन पुलिसका अनुसार यी व्यक्ति हिँड्दै जाँदा बाटो बिराएर हराएका थिए त्यसपछि उद्धार टिमलाई सम्पर्क गर्नुभन्दा पहिले एक नालीमा खसेका थिए । यी व्यक्तिलाई लकडाउनको नियम उल्लंघन गरेको र गलत तरिकाले सीमा पार गर्ने प्रयास गरेको आरोपमा १२० युरो जरिवाना तिराइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *