प्रधानमन्त्री जोन्सन दोस्रो रात पनि सघन उपचार कक्षमा

डिसी नेपाल
२६ चैत २०७६ १७:२१

लन्डन । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि अस्पताल भर्ना भएका बेलायतका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको बेलायतको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनि गत आइतबार लन्डनस्थित सेन्ट टमस अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर रहेको र सघन उपचार कक्षमा अक्सिजन दिएर राखिएको छ । समाचार अनुसार प्रधानमन्त्री जोन्सनलाई अझै भेन्टिलेटरमा राखिएको छैन । मंगलबार प्रधानमन्त्रीका प्रवक्ताले प्रधानमन्त्री जोन्सनले स्वास्थ्य अवस्था स्थिर रहेको र उनि निकै उत्साहित रहेको बताएका थिए ।

बेलायतका विदेश मन्त्री डोमिनिक राबले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा मंगलबार ब्रिफिङ गर्दै प्रधानमन्त्रीलाई उत्कृष्ट स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको र सघन उपचार कक्षमा राखिए पनि श्वासप्रश्वासमा ठूलो समस्या नरहेको बताएका छन्। प्रधानमन्त्रीको अनुपस्थितिमा सबै आवश्यक कार्यहरु गर्न प्रधानमन्त्री जोन्सनले विदेश मन्त्री राबलाई जिम्मेवारी सुम्पिएका छन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *