कोरोना संकटकाबीच ट्रम्पले कुन–कुन मुलुकमाथि लगाए भिसा प्रतिबन्ध?
काठमाडौं। कोरोना भाइरसको कहर पूरै विश्वमा देखा परेको छ। विश्वभर अहिलेसम्म १७ लाख भन्दा धेरै मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार नयाँ भिसा प्रतिबन्धको घोषणा गरेका छन्।
राष्ट्रपति ट्रम्पले कोरोना भाइरसका कारण आफ्ना नागरिक फिर्ता बोलाउन अस्वीकार गर्ने देशका नागरिकमाथि नयाँ भिसा प्रतिबन्ध लगाउने बताएका छन्।
नयाँ भिसा प्रतिबन्धनका लागि ज्ञापन जारी गरिसकिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। जस अनुसार यो नियम तत्काल लागू गरिनेछ। यो वर्ष ३१ डिसेम्बरसम्म यो प्रतिबन्ध लागू हुनेछ।
राष्ट्रपति ट्रम्पले जुन देशले कोरोनाभाइरस महामारीका कारण अमेरिकाबाट आफ्ना नागरिक फिर्ता बोलाएका छैनन् वा बोलाउन ढिला गरिरहेका छन् उनीहरुले अमेरिकाका लागि अस्वीकार्य जनस्वास्थ्य खतरा पैदा गरिरहेको बताएका छन्।
उल्लेखनीय छ, कोरोनाभाइरसले सबैभन्दा धेरै क्षति अमेरिकामा पुर्याएको छ। अमेरिकामा अहिलेसम्म पाँच लाखभन्दा धेरै कोरोना भाइरसबाट संक्रमित भएका छन् भने १८ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment