बुद्धबजारलाई दुई लाख जरिवाना

डिसी नेपाल
३ वैशाख २०७७ १७:२०

काठमाडौं । तोकिएभन्दा बढी मूल्य लिई उपभोग्य सामग्री बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीको स्वयम्भूस्थित बुद्ध बजार प्रा।लिलाई कारबाही गरेको छ ।

नियमित अनुगमनका क्रममा सो प्रा.लिले उपभोग्य सामान एमआरपीभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐनअनुसार तत्कालै २ लाख जरिवाना गरिएको विभागले जनाएको छ । विभागले लकडाउनका समयमा उपभोक्ता ठगिने सम्भावना उच्च रहेको भन्दै अनुगमनलाई तीव्रता दिँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.