कोरोनाले ४८ बर्षीय आइत बहादुरको लण्डनमा मृत्यु
लण्डन । लण्डनमा कोरोनाबाट आइत बहादुर गुरुङको बुधबार बिहान मृत्यु भएको छ। लम्जुङ आमाडाडा पुरोना गाउँबाट पोखरा बसाई सरेका ४८ बर्षीय गुरुङ केही बर्ष हङकङ बसेर बेलायत आएका थिए।
गुरुङको उपचारका क्रममा बिहान ३ बजे लण्डनको नर्वीक पार्कमा निधन भएको तनहुँ समाज यूकेका अध्यक्ष लेख गुरुङले बताए।
मुटुको समस्या रहेका गुरुङको केही समय पहिले मुटुको शल्यक्रिया भएको थियो। सास फेर्न अफ्ठारो भएपछि गुरुङलाई अस्पताल भर्ना गरिएको र पछिल्लो समय भेण्टिलेटरमा राखी उपचार हुँदै आएको थियो।
हाल सम्म कोरोनाका कारण लण्डनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment