पाकिस्तानी क्रिकेट खेलाडी उमर अकमललाई ३ वर्षको प्रतिबन्ध

डिसी नेपाल
१५ वैशाख २०७७ १७:२७

एजेन्सी । पाकिस्तानी विकेट किपर तथा ब्याट्स्म्यान उमर अकमल ३ वर्षको प्रतिबन्धमा परेका छन।

विभिन्न कारणले बेला बेलामा विवादमा आईरहने अकमललाई पाकिस्तान क्रिकेट बोर्डले नियम विपरित भ्रष्टाचार सम्बन्धि काममा संलग्न रहेको भन्दै सोमबार ३ वर्षको प्रतिबन्ध लगाएको हो।

उनलाई पिसिबि एन्टी करप्सन कोड २.४.४ अन्तर्गत निलम्बित गरिएको हो। उक्त कोड उल्लंघन गर्ने खेलाडीमाथि कम्तीमा ६ महिना तथा बढीमा जीवनभर प्रतिबन्ध लगाउन सकिने व्यवस्था रहेको छ।

यसअघि बोर्डले उनलाई अनुसन्धान नसकिने बेलासम्म प्रतिबन्ध लगाएको थियो। जसका कारण उनले पाकिस्तान सुपर लिग पनि खेल्न पाएका थिएनन्। यो प्रतिबन्ध पछि अकमल ३ वर्षसम्म क्रिकेट सम्बन्धी कुनैपनी गतिबिधि हरुमा भाग लिन पाउने छैनन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *