पत्रकार शर्माको पहलबाट बाग्लुङ अस्पताललाई ६५ हजार

डिसी नेपाल
१९ वैशाख २०७७ ३:१८
लण्डन । बेलायतमा बसोबास गर्दैै आएका डिसी नेपालका संबाददाता कृष्णप्रसाद शर्माको पहलमा उनको आफ्नो जन्म जिल्ला वाग्लुंगको अस्पताललाई ६५ हजार रुपैंया सहयोग गरिएको छ । कोरोना भाइरसको उपचारमा नेपालमै उदाहरणीय कार्य गरेकोमा चर्चित भएको बाग्लुंग उपक्षेत्रीय अस्पताललाई हौसला बढाउन शर्माले केही साथीभाइहरुसंग रकम संकलन गरेर पठाएका हुन् ।
इङल्याण्ड बस्दै आएका बिक्की सापकोटाले रु १५ हजार, कृष्णप्रसाद शर्माले रु १५ हजार, श्रीमती पबित्रा बस्यालले रु १० हजार, लण्डन बस्ने यज्ञ पाठकले रु १० हजार, लण्डनमै बस्नुहुने बिनोद केसीले रु १० हजार र स्कटल्याण्डबाट नेपाली एकता समाज बेलायतबाट रु ७५ सय संकलन भएको थियो ।  सो रकम हस्तान्तरण कार्यक्रममा विभिन्न दलका प्रतिनिधि एवँ स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो ।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *