धुलिखेल अस्पतालबाट आएका बिरामीसहित चार जना क्वारेन्टाइनमा

डिसी नेपाल
५ जेठ २०७७ ८:५१

ओखलढुङ्गा। धुलिखेल अस्पतालबाट ओखलढुङ्गा आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको छ। काभ्रेको धुलिखेल अस्पतालमा शनिबार कोरोनाबाट एक सुत्केरी महिलाको मृत्यु भएपछि सोही अस्पतालमा उपचार गराएर आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको हो।

उनीहरु धुलिखेल अस्पतालबाट शनिबार दिउँसो एम्बुलेन्समार्फत ओखलढुङ्गा आइपुगेका थिए । उनीहरुलाई आइतबार सदरमुकामस्थित ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गाको क्वारेन्टाइनमा पठाइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए।

जिल्लामा उच्च सतर्कता अपनाइरहेको अवस्थामा धुलिखेल अस्पतालबाट उपचार गराएर केही मानिस जिल्ला फर्केको सूचनाका आधारमा उनीहरुलाई क्वारेन्टाइन पठाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। उनीहरुको आरडिटी तथा स्वाब परीक्षणपछि नियमानुसार क्वारेन्टाइनमा राखेर घर पठाइने उनको भनाइ छ।

क्वारेन्टाइनमा पठाइएकामा सिद्धिचरण नगरपालिका–५ मा बस्दै आएका सोलुखुम्बुको नेचासल्यानका एक बिरामी, उनका भिनाजु, माइजू र एम्बुलेन्स चालक रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *