इटालीमा घट्यो कोरोना संक्रमण, मास्क भने अनिवार्य

डिसी नेपाल
२३ जेठ २०७७ ३:३४

इटाली । कोरोना सन्क्रमितहरुको संख्या इटलीमा दैनिकरुपमा घटेको छ । बिहीवार २४ घन्टामा संक्रमितको संख्या १ सय ७७ मात्र छ भने मृतकहरूको संख्या ८८ छ । मृतकहरूको संख्यामा पनि कमी आइरहेको छ ।
२१ फेब्रुअरीदेखि संक्रमण सुरु भएको इटालीमा बिहिवार पहिलोपटक १२ अञ्चलमा कोरोनाको कुनै पनि संक्रमण देखिएको छैन ।
कोरोनाको संक्रमण सुरु भएको इटालीको कोदोनियो शहरमा सय दिनदेखि बन्द अस्पतालको ईमर्जेन्सी सेवा सबै प्रकारका विरामीहरुका लागि बिहीवारदेखि संचालनमा आएको छ । सोही सहरका पहिलो संक्रमित जरो आएसगै ईमर्जेन्सीमा उपचारका लागि गएका थिए । पहिलोपटक सामान्य जरो भन्दै उनलाई घर पठाइएको थियो । पछि श्वासप्रश्वासको समस्या देखिएसंगै फेरि अस्पतालको  ईमर्जेन्सी सेवामा जांदा मात्रै कोरोना संक्रमणको पुष्टि गरिएको थियोे । यही कारण कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै अस्पतालको ईमर्जेन्सी सेवा बन्द गरिएको  थियोे ।
अहिले इटालीमा जनजीवन सामान्य बनिसकेको छ । मानिसहरु घर बहिर ढुक्कसंग हिडेको देख्न सकिन्छ । संक्रमणको भयसंगै मास्क लगाउन भने सरकारले अनिवार्य गरेको छ । बिहिवार लकडाउन खोलिएको १ महिना पुगेको छ।  ४ मेदेखि लकडाउन खोलिएको इटालीमा १८ मेदेखि रेस्टुरेन्ट, बार, सैलुन र ब्युटीपार्लर पनि खुलेका थिए ।
जुन ३ देखि अन्तर्राष्ट्रिय हवाइ उडान सेवा पनि सुरु भएको छ । इटाली सरकारले जुन ३ तारिखदेखि युरोपियन मुलुकहरुबाट आउन र जानकालागि  अनुमति दिएको छ । पर्यटकहरुलाई ध्यानमा राखेर हवाइ उडान सुरु गरिएको इटालीका प्रधानमन्त्री जुजेप्पे कोन्तेले बताएका छन् । यी मुलुकहरुबाट इटाली आउँदा १४ दिन क्वारेनटाइनमा बस्नु पर्ने नियम पनि हटाइएको छ ।
बिहिवारसम्म २ लाख ३४ हजार १३ जना संक्रमित छन् भने ३३ हजार ६ सय ८९ जनाको मृत्यु भइसकेको छ । सन्चो हुनेहरुको संख्या १ लाख ६१ हजार ८ सय ९५ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *