त्यस बेला मेरा आँखा रसाएका थिए

डिसी नेपाल
६ असार २०७७ ७:३९
8
Shares

म ११ वर्षको थिएँ, पहिलो पटक महिनावारी हुँदा। म ११ वर्षको थिएँ, ‘नछुने’ भन्ने चलन थियो त्यो बेला। त्यो भनेको के हो केही थाहा थिएन। तर त्यो शब्दले नै त्यो कलिलो दिमागमा हिनता बोध भयो। स्कुलबाट फर्कँदा तिमी यता आउ भन्दै मुवाले छुट्टै पर्दा लाएको अँध्यारोे कोठामा बस्नु भनेपछि सोधें के भो भनेर। विहान स्कुल जाने बेलामा लुगामा दाग देखिएको र त्यही दाग देखेर त्यो भनेको रहेछ।

अनि मुवाले भन्नुभयो –सबै केटीहरुलाई यस्तो हुन्छ। अब तिमी ठूलो भयौ, बढेउ। तिमी नछुने भयौ। यो कुरा साथीभाइ र अरु कसैलाई नभन्नु, लाज हुन्छ। अब तिमीले २१ दिन सम्म केटा मान्छे र सूर्यलाई हेर्न हुन्न। यो बेलामा केटीहरु अछुत हुन्छन्।’.

मैले केही नगर्दा पनि यस्तो गोप्य राखिनु पर्ने लाजको कुरा कसरी भयो भनेर म रणभुल्लमा परें र सोधें किन? सूर्य शक्तिको प्रतिक हो। पुरुषहरु पनि शक्ति कै प्रतिक हुन्। तसर्थ नछुने हुँदा सूर्यलाई हेर्न हुन्न र पुरुषलाई पनि छुनु र हेर्नु हुन्न भनेर मलाइ बुझाइयो। महिनावारीको बेला खाना भुईंमा राखिदिने चलन थियो। जवकि त्यसभन्दा अघि परिवारका सबै सदस्य एउटै डाइनिड टेवलमा बसेर खाने चलन थियो।

त्यतिबेला मलाइ हिजोसम्म सँगै खेल्ने भाइहरु आज टाढा भएको जस्तो लाग्यो। बुवालाई छुने भन्ने त कुरै भएन।. अव २१ दिन बन्द अँध्यारो कोठामा बस्न पर्ने रे, र कसैलाई पनि छुन नहुने रे, र पुरुषहरुलाई त हेर्न पनि नहुने रे। महिनावारीको बेला खाना पनि कसैले नछोएर पहिलो पल्ट भुईंमा छुट्टै खान पर्दा ज्यादै पीडा भयो।
त्यसबेला पहिलोपटक भाइहरु भन्दा आफू फरक भएको र छोरा र छोरीको भिन्नताको महसुस भयो।

छोरी भएर जन्मेकोमा पहिलो पटक धिक्कार लाग्यो। जवकि पढालिखा नभएपनि मेरो मुवाले छोरा र छोरीमा विभेद गरेको त्यति बेलासम्म याद थिएन। तर यो संस्कारले त यसमा पूरै विभेद गरेको र आफूले के के न पाप गरेको जस्तो महसुस भयो। अनि मलाइ लाग्यो, बढ्दै गरेको म भाइहरुभन्दा कमजोर हुँदै जाने रहेछु र अभागी रहेछु। मन र दिमाग हिनताले लुप्त भयो। त्यो भन्दा बढी के पो सोचें होला र जम्मा ११ वर्षकी त थिएँ।

त्यस घटनापछि मलाइ महिलाहरु सबै पुरुष भन्दा भन्ने कमजोर हुन्छन् भन्ने मनोबलले धेरै बर्ष सम्म सतायो। म निर्धक्कसँग आफ्नो कुरा सबैको अगाडि राख्न सक्ने क्षमता पनि कमजोर भएको महसुस भयो। त्यसपछि पुरुष इस्टमित्र तथा साथीहरुसँग कहिले त्यस्तो घुलमिल हुन सकिन जति पहिले हुन्थे। स्कुलमा पनि यसबारे कुरा गर्न हुन्न भनिन्थ्यो। साथीहरुलाई पनि भन्न नहुने। दीर्घकालीन असर सबैमा होला यस्ता कुराले।

कतिपय जिल्लाहरुमा छाउपडी विरुद्ध अभियान चलाएको छु। हरेक तीजको बेलामा म महिला र पुरुष राखेर परम्परागत कुसंस्कार र महिनावारीको विषयमा संवाद राख्ने गर्दछु पनि छलफल गराउँछु। त्यस संवादमा सहभागी त्यहाँ आउने पुरुषहरुको विचार फराकिलो नै पाएको छु। उलेख्य महिलाहरु अझै पनि सामाजिक समारोहमा सकारात्मक कुरा राख्ने र सुन्ने त गर्छन् तर, घरमा महिनावारी बार्ने संस्कार छोड्न सकिँदैन भन्छन्।

जिन्दगीको त्यो २१ दिनले मेरो मनोबलमा निकैे लामो समयसम्म असर गरेको रहेछ। तर व्यक्त गर्न नसकेको जस्तो लाग्छ। सन् १९९१ मा पहिलो पटक युएनडिपीले आयोजना गरेको जेण्डर तालिममा कक्षामा सहभागी भएको बसेको थिएँ। विदेशीहरु पनि सहभागी थिए। त्यसको एउटा सत्रमा सबै सहभागीलाई आफू महिला भएको र पुरुष भन्दा फरक भएको महसुस पहिले कहिले भयो र महिला भएकै कारण सबै भन्दा दुःखी भएको घटना छ भने त्यहाँ सुनाउन भनियो।

त्यो बेला बल्ल मैले मेरो त्यो पीडा सुनाउने हिम्मत गरेँ र आफू महिनावारी हुँदाको सबै कुरा सुनाएँ। सानो समूहमा यो कुरा राख्दा पनि मलाइ निकै गाह्रो भएको थियो, आँखा रसाएका थिएर विदेशीहरुले पनि आ–आफ्नो देशमा भएका विभेद सुनाएका थिए।

तर १७ वर्षसम्म गुम्साएर राखेको त्यो पीडालाई त्यसरी बाँड्न पाउँदा त्यो दिन मलाइ निकै हलुका महसुस भयो। हप्ता दिनको जेन्डर तालिम समाप्त भएपछि म मा नयाँ जोश, उच्च मनोबल र आत्मविश्वास भरिएर आयो। महिनावारी भएको अवस्थाले मलाइ के लाग्यो भने महिला भएकै कारण यो सब भएको हो। त्यसैले म दुःखी भएँ जस्तो लाग्छ। तर त्यो पीडा करिव २३ वर्षसम्म लुकाएर राखें।

सानो समूहमा यो कुरा राख्दा पनि मलाइ गाह्रो भएको थियो। पछिल्लो समय छाउपडी राख्ने, घरबाहिर राख्ने, पौष्टिक खानेकुरा खान मिल्दैन भन्ने विभिन्न विभेद सुन्दा मैले भोगेको त केही होइन जस्तो लाग्छ। तै पनि मलाइ त्यतिले त त्यस्तो कमजोर बनायो भने साँच्चिकै यस्तो विभेद भोग्नेलाई कति गहिरो प्रभाव परेको होला जस्तो लाग्छ।

त्याे बेलाको कुरा र अहिलेको तुलना गर्दा धेरै परिवर्तन त पकै भएको छर केही न केही त भएकै छ। तर त्यति धेरै भएको छ जस्तो लाग्दैन जति हुनु पर्ने हो।
महिला अधिकारको क्षेत्रमा मेरो ३० वर्षको लामो यात्रामा मेरो व्यक्तिगत अनुभवले गर्दा पनि मैले मर्यादित महिनावारीको लागि पहल गर्ने गरेको छु। कतिपय जिल्लाहरुमा छाउपडी विरुद्ध अभियान चलाएको छु। हरेक तीजको बेलामा म महिला र पुरुष राखेर परम्परागत कुसंस्कार र महिनावारीको विषयमा संवाद राख्ने गर्दछु पनि छलफल गराउँछु। त्

यस संवादमा सहभागी त्यहाँ आउने पुरुषहरुको विचार फराकिलो नै पाएको छु। उलेख्य महिलाहरु अझै पनि सामाजिक समारोहमा सकारात्मक कुरा राख्ने र सुन्ने त गर्छन् तर, घरमा महिनावारी बार्ने संस्कार छोड्न सकिँदैन भन्छन्। भान्सा र पूजा कोठामा त सक्दै सकिँदैन भन्छन्। यस्तो जरो गढेको छ महिलामा। यहाँ मैले गाउँको महिलाको कुरा गरेको होइन, काठमाडौंका एलाइट र शिक्षित वर्गको प्रसंग हो।

हिजोदखि समाजमा जरा गाडेको कुरा सजिलै त के जान्थ्यो र ? तर महिला पुरुष र विशेष गरी युवाहरु सबैले मिलेर आवाज उठाउने हो भने यस्ता कुरीतिहरुलाई क्रमशः कम गर्न सकिन्छ। यसलाई कम गर्न अरुले भनेर मात्रै पनि हुँदैन। आफ्नो आत्माले स्विकार्नु पर्छ।

मेरा दुइवटा छोरी छन् र उनीहरुले मेरो घरमा महिनावारी सम्बन्धि कुनै पनि बन्देज बार्नु परेन। महिनावारी कुनै लाजको बिषय होइन। हरेक बालिकाले महिनावारी गर्वका साथ मर्यादित रुपमा मनाउने वातावरण बनाउने जिम्मेवारी हामी सबैको हो। मैंले शुरु मं यस बारेमा जानकारी दिएको थिएँ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *