वेस्टइन्डिजका महान क्रिकेटर सर एभर्टन वीक्सको निधन

डिसी नेपाल
१८ असार २०७७ १२:५३
4
Shares

काठमाडौं । वेस्टइन्डिजका महान ब्याट्सम्यान सर एभर्टन वीक्सको ९५ बर्षको उमेरमा बुधवार निधन भएको छ। सन २०१९ मा सर एभर्टन वीक्सलाई ह्रदयघात भएपछि उनी लगातार बिरामी थिए। वेस्टइन्डिजको तिकडी जसलाई थ्री डब्ल्यू भनिन्छ, सर एभर्टन वीक्सको साथ क्लाइडे वालकोट र फ्रान्क वारेल पनि सामिल थिए। विक्सले सर क्लाइड वालकोट र सर फ्रान्क वारेल सँगै पचासको दशकमा विश्व क्रिकेटमै सबैभन्दा मजबूत ब्याटिङ क्रम बनाएका थिए। उनलाई क्यारिबियन क्षेत्रमा खेलको पिता पनि भनिन्छ।

विक्सको मृत्युको शोकमा वेस्टईन्डिज क्रिकेटले ट्विटरमा हामीले हाम्रो सबैभन्दा ठूलो मूर्ति गुमाएको जनाएको छ। हामीले एक लेजेन्ड एक हिरो गुमाएका छौं । साथै वेस्टईीन्डज क्रिकेटले भिक्सको आत्माको शान्तिको कामना गरेको छ ।

क्रिकेटका दिग्गज खेलाडीहरूले पनि ट्वीट गर्दे विक्सको मृत्युमा श्रद्धांजलि अर्पण गरेका छन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *