प्रथम श्रेणीको क्रिकेटमा अष्ट्रेलियाले डुक्स बलको प्रयोग नगर्ने
काठमाडौं । क्रिकेट अष्ट्रेलिया (सिए) ले शेफिल्ट शिल्डको आगामी सत्रमा डुक्स बल प्रयोग नगर्ने निर्णय गरेको छ। सिएले गत चार सिजनका लागि कुकाबुरा सँगै डुक्स बलहरूको पनि प्रयोग गरेको थियो ।
क्रिकेट अष्ट्रेलियाले यो कुराको पुष्टि गर्दै कोकाबुरा बलहरू २०२०–२१ को सम्पूर्ण प्रथम श्रेणी सत्रको लागि प्रयोग गरिने जानएको छ। क्रिकेट अष्ट्रेलियाले २०१६–२०१७ को सत्रमा शेफिल्ड खेलहरूमा डुक्स बल प्रयोग गर्दै आएको थियो।
क्रिकेट अस्ट्रेलियाका क्रिकेट संचालन प्रमुख पिटर रोचले डुक्स बलहरूको प्रयोग नगर्ने निर्णयको पुष्टि गरेका छन। डुक्स बल प्रयोग गर्नु एउटा सार्थक प्रयास थियो, विशेष गरी इङल्यान्ड बिरुद्वको एशेज श्रृंखलामा । तर हाम्रो विपक्षीले डुक्स बलहरू प्रयोग गर्दछन् रोचले भने।
उनले भने, यद्यपि हामीलाई विश्वास छ कि २०२०–२१ सत्रमा केवल एकै प्रकारको बल प्रयोग गर्नाले हाम्रो खेलाडीहरू एक स्थिर चुनौतीको सामना गर्नु पर्नेछ । कोकाबुरा बल अष्ट्रेलिया र विश्वको धेरै देशहरुमा अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग गरिन्छ र हामी यस मौसममा यसको अधिकतम लाभ उठाउन चाहन्छौं ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment