रोमाञ्चक खेलमा वेस्टह्याम द्वारा चेल्सी पराजित

डिसी नेपाल
१९ असार २०७७ १०:२६

काठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत बिहीबार भएको रोमाञ्चक खेलमा वेस्टह्यामले चेल्सीलाई पराजित गरेको छ । एन्डरिय यारमोलेन्कोले खेलको अन्त्यमा गरेको गोलको मदतले वेस्टह्यामले चेल्सीलाई ३–२ ले पाराजित गर्दे प्रिमियर लिगमा आफ्नो सम्भावान जारी राखेको छ ।

अन्तिम समय सम्म खेल बराबरी राखेको चेल्सीले एउटा सानो गल्तीको कारण खेल हार्नुपर्यो । एन्डरियले खेलको ८९ औं मिनेटमा निर्णायक गोल गर्दा वेस्टह्यामले जित हातपार्न सकेको हो । यो जितसंगै वेस्टह्यामले ३२ खेलमा ३० अंक बनाउदै दोस्रो डिभिजनमा झर्ने अंकदेखी तीन अंक अगाडी रहेको छ ।

वेस्टह्यामका लागी पहिलो गोल थोमस सोसेकले पहिलो हाफको ईन्जुरी समयमा गरे । माईकल एन्टोनियाले खेलको ५१ औं मिनेटमा दोस्रो गोल गरे । चेल्सीका लागि दुईटै गोल खेलको ४२ औं र ७२ औं मिनेटमा विलयिनले गरे ।

यो हार संगै चेल्सी ३२ खेलमा ५४ अंक बनाएर अंक तालिकाको चौंथो स्थानमा रहेको छ । तर च्याम्पियन लिगमा स्थान बनाउन चेल्सीले म्यान्चेस्टर युनाईटेड र वेल्स संग कडा प्रतिसपर्धा गर्न बाकिनै रहेको छ । अन्य खेलमा आर्सनलले नर्विक सिटिलाई ४–० ले पराजित गर्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *