ला लिगामा भ्यालेन्सियालाई ग्रेनाडाले २–२ को बराबरीमा रोक्यो

डिसी नेपाल
२१ असार २०७७ १४:५४

काठमाडौं । भ्यालेन्सियालाई स्पेनी फुटबल लीग ला लिगामा ग्रेनाडाले २–२ बराबरीमा रोकेको छ। यो बराबरी संगै भ्यालेन्सियाको लगातार तीन खेलमा हार भएको छ, साथै टिमले अन्तिम चार खेल जित्न पनि असफल भएको छ ।

भ्यालेन्सियाको टोलीले सात खेलमा एक मात्र जीत हातपार्दा टोली अंक तालिकामा नवौं स्थानमा झरेको छ। यो संगै भ्यालेन्सिया अर्को सीजनको यूरोपियन लिगबाट बाहिरिने खतरा बढेको छ ।

ग्रेनाडाका लागी खेलको ८६ औं मिनेटमा फेडो भिकोले फ्रि किकमा गोल गर्दे खेललाई बराबरीमा राख्न सफल भए । यसअघि पेनाल्टी किकमा कार्लोस फर्नाडीजले खेलको ६१ औं मिनेटमा ग्रेनाडाका लागी गोल गरेका थिए । भ्यालेन्सियाका लागी खेलको ६३ औं मिनेटमा मनु भेलेजो र गोन्सालो गुडेजको ६८ औं मिनेटमा गोल गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *