रोस बर्कलेको शानदार प्रदर्शनमा चेल्सीद्वारा वाटफोर्ड पराजित

डिसी नेपाल
२१ असार २०७७ १५:११
4
Shares

काठमाडौं । रोस बर्कलेको शानदार प्रदर्शनमा चेल्सीले रेलिगेसनमा रहेको वाटफोर्डलाई ३–० ले पराजित गर्दै प्रिमियर लिगको चौथो स्थानमा आफुलाई मजबुत बनाउन सफल भएको छ । खेलको २८ औं मिनेटमा चेल्सीले गोल गर्दा इङल्यान्डका मिडफील्डर बर्कलेले ओलिभर गिरोडको गोलमा महत्वपूर्ण भूमिका खेले। विलियनले खेलको ४३ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिवर्तन गर्दै स्कोर २–० बनाए। त्यसपछि बर्कलेले दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै चेल्सीको जित ३–० ले सुनिश्चित गरे ।

जितसँगै चेल्सी चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडभन्दा दुई अंक अगाडि र लिसेस्टरभन्दा एक अंक पछि रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *