रोनाल्डोको फ्रि किकमा युभेन्टसले टोरिनोलाई पराजित गर्यो

डिसी नेपाल
२१ असार २०७७ १५:३१

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको फ्रि किक गोलको मदतले युभेन्टसले टोरिनोलाई ४–१ ले पराजित गरेको छ। खेलको दौरान जियानल्युगी बुफोनले सिरी ए मा सबैभन्दा बढी खेल खेल्ने कीर्तिमान पनि बनाएका छन। रोनाल्डोले युभेन्टसका लागि तेस्रो गोल गर्दै वर्तमान लिगमा आफ्नो गोल संख्या २५ पुर्‍याए। उनी अब शीर्ष स्थानमा रहेका लाजीओको क्यारो इम्बाबाइलबाट चार गोल पछाडि रहेका छन ।

रोनाल्डोको युभेन्टसबाट खेलको दुई सत्रमा यो पहिलो फ्री किक गोल हो । उनले आफ्नो ४३ औं प्रयासमा गोल गरे। रोनाल्डोको फ्री किकमा यो ४६ औं क्लब गोल हो। युनेन्टसका लागि रोनाल्डो बाहेक, पाउलो डिबाला र युआन कुआड्रेडोले पहिलो हाफमा गोल गरे भने टोरिनोका लागि एन्ड्रिया बेलोट्टीले एक गोल गरे।

टोरिनोका डिफेन्डर कोफी जिड्जीले दोस्रो हाफमा आत्मघाती गोल पनि गरे। जितसंगै युभेन्टसले शिर्ष १० पर्न कडा कदम चालेको छ साथै यो जीतसँग टिमको रेकर्डमा पनि सुधार आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *