रोमाञ्चक खेलमा साउथम्पटनद्वारा सिटी पराजित

डिसी नेपाल
२२ असार २०७७ ११:३६

काठमाडौं । चे एडम्सको  शानदार गोलले साउथम्पटनले म्यानचेस्टर सिटीलाई इङलिश प्रीमियर लिगको रोमाञ्चक खेलमा १–० ले पराजित गरेको छ । साउथम्पटनको लागि पहिलो सिजनमा निराशाजनक प्रदर्शन गरेका एडम्सले खेलको १६ औं मिनेटमा ४० मिटरको दुरीबाट सट प्रहार गर्दा बल बिपक्षी गोलकिपर एडर्सन मोरेसको माथिबाट गएर गोल भयो । साउथम्पटनका गोलकिपर एलेक्स म्याकार्थीले राम्रो गोलहरुको बचाव गर्दा सिटीले लगातार घरेलु मैदानमा तेस्रो हारको सामना गर्नुपर्यो ।

सिटीका खेलाडीहरूले गोलगर्ने प्रयासमा लगभग २६ शट प्रहार गरेका थिए तर अन्तिम मिनेटको गल्तीले टोली ओझेलमा पर्यो। अंक तालिकामा सिटीले ३३ खेलमा ६६ अंक बनाउदै दोस्रो स्थानमा रहेको छ । यो हारसंगै सिटीको लिभरपूल बिच २३ अंकको दुरी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *