कर्णालीमा कोरोना कहर : बुधबार २० जना थपिए १६ जना डिस्चार्ज
सुर्खेत। कर्णालीमा पछिल्लो २४ घण्टामा थप २०जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार बुधबार मात्र १६जनाकोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५० पुगेको छ।
गत २४ घण्टामा गरिएको परीक्षणबाट सुर्खेतका १३ जना, दैलेखका ५ जना, मुगुका २ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै बुधबारमात्र कर्णालीका विभिन्न आईसोलेसनबाट १६जना डिस्र्चाज भएका छन्।
मन्त्रालयको स्वास्थ्य सेवामहाशाखाप्रमुख डा लक्ष्मीनारायण तिवारीकाअनुसार अब कर्णालीमा कोरोना संक्रमणको संख्या दुई सय ५३ रहेको छ । र यस रोगबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment