कर्णालीमा कोरोना कहर : बुधबार २० जना थपिए १६ जना डिस्चार्ज

डिसी नेपाल
२४ असार २०७७ १६:१७

सुर्खेत। कर्णालीमा पछिल्लो २४ घण्टामा थप २०जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार बुधबार मात्र १६जनाकोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५० पुगेको छ।

गत २४ घण्टामा गरिएको परीक्षणबाट सुर्खेतका १३ जना, दैलेखका ५ जना, मुगुका २ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै बुधबारमात्र कर्णालीका विभिन्न आईसोलेसनबाट १६जना डिस्र्चाज भएका छन्।

मन्त्रालयको स्वास्थ्य सेवामहाशाखाप्रमुख डा लक्ष्मीनारायण तिवारीकाअनुसार अब कर्णालीमा कोरोना संक्रमणको संख्या दुई सय ५३ रहेको छ । र यस रोगबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *