विश्वभर कोरोनाबाट १ करोड ३३ लाख संक्रमित, मृत्यु हुनेको संख्या ५ लाख ७७ हजार नाघ्यो

डिसी नेपाल
३१ असार २०७७ ९:२६

वाशिंटन। विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या १ करोड ३३ लाख ३६ हजार ६१६ जना संक्रमित भएका छन्। तीमध्ये ७७ लाख ८२ हजार ६४३ जना उपचारपछि निको भएका छन् भने ५ लाख ७७ हजार ८६१ जनाको मृत्यु भएको छ।

अष्ट्रेलियामा मंगलबार एकै दिन दश हजार भन्दा बढी संक्रमित फेला परेका छन्। अष्ट्रेलियामा अहिलेसम्म १०८ जनाको मृत्यु भइसकेको छ। उता रुसमा मंगलबार ६ हजार २ सय ४८ नयाँ संक्रमित फेला परेका छन्। त्यहाँ मंगलबार १७५ जनाको मृत्यु भएको छ।

रुसमा कुल संक्रमितको संख्या ७ लाख ३९ हजार ९४७ पुगेको छ। रुस सबै भन्दा बढी संक्रमित हुने चौथो मुलुक बनेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग सबैभन्दा ठूलो टेस्टिङ कार्यक्रम रहेको जनाएका छन्।

उक्त टेस्टिङ कार्यक्रम भारत, रुस र ब्राजील भन्दा पनि राम्रो रहेको उनको भनाइ थियो। ३३ करोड जनसंख्या रहेको अमेरिकामा अहिलेसम्म ४ करोड ३२ लाख ५४ हजार ८३३ जनाको कोरोना टेस्ट भइसकेको छ। उता २१ करोड जनसंख्या रहेको ब्राजीलमा ४५ लाख र १ सय ३८ करोड जनसंख्या रहेको भारतमा १ करोड २० लाख भन्दा धेरै कोरोना टेस्ट भएको छ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ६५ हजार भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन्। यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३५ लाख भन्दा धेरै पुगेको छ। अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३८ हजार पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *