बिग बास लिगको खेल तालिका सार्वजनिक

डिसी नेपाल
३१ असार २०७७ १३:००

काठमाडौं । क्रिकेट अष्ट्रेलियाले बुधवार देशकै प्रमुख टि २० प्रतियोगिता बिग बास लिगको खेल तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार बीबीएलको पहिलो खेल एडिलेड स्ट्राइकर र मेलबोर्न रेनेगेड्स बीच एडिलेड ओभलमा ३ डिसेम्बर हुनेछ। प्रतियोगतामा कुल ६१ खेलहरु हुनेछन । बीबीएलको फाइनल अर्को वर्ष फेब्रुअरी ६ मा खेलिने छ। साथै महिला बीबीएल १७ अक्टुबर देखि २९ नोभेम्बर हुनेछ । महिला बीबीएलमा कुल ५९ खेलहरु हुनेछन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *