हुट्टिट्याँउ र आकाश (कविता)

डिसी नेपाल
२४ साउन २०७७ ७:२४
32
Shares

टुकुचाको किनारमा
हुट्टीट्याँउहरुको यौटा जमात
कर्कष आवाजका साथ
चुच्चोले फोहोर उदिन्दै
हरेक दिनको आहारा
जुटाउनमा ब्यस्त हुन्छन्।

जब आकाशबाट एक्कासी
गड्याङ गुडुङको आवाज आउँछ
हतपत त्यो जमात उत्तानो परेर
आकाश थाम्नकालागि
खुट्टीहरु ठाड्ठाडा पार्दै
बगरमा पल्टिन्छन!

दुनियालाई था’छ आकाश खस्दैन
तर,

ती हुट्टिट्याँउहरुलाई लाग्छ
आकाश खसी रहेको छ
र,
त्यो खसीरहेको आकाशलाई
उनीहरुले नै धानिरहेका छन्।

खुट्टा आकाशतर्फ ठड्याएपछि
धर्ती के ले टेकेको छु
तिनले बिर्सिन्छन्
खोपडी पातलतर्फ धसिँदै छ कि
आकाश तर्फ?

त्यो पनि बिर्सिन्छन्
अनि,
हिनता र लघुताभाशले भरिएका
आफ्ना निम्छरा ग्रन्थीहरुको
बैसाखि टेकेर अरुको मुहारमा
हिलो छ्याप्ने प्रण गर्दै
हरेक पल हुट हुट गर्छ्न्
अरुका कानै नजिक गएर।

आकाशतर्फ फर्किएका
आफ्ना खुट्टीहरु देख्दा
लाग्दो हो तिनलाई
यो आकाश तिनले धानेको हो
ब्रमान्डको थिति तिनले बानेको हो
खराब र असल तिनले नै छानेको हो
पोल खोलिहाल्न पो हुन्न
तर तिनका हावादारी गफ
नपत्याउनेहरुका अनुहारमा
छानिछानि फोहोरको पिचिकारी
तिनैले हानेको हो।

कसलाई था छ?
घृणा तिनको आहारा हो भनेर
कस्लाई था छ?
ढोङ तिनको जिउने साहारा हो भनेर!
बर्खाको खहरे झै
भावनामा उर्लिदै बक्न थाल्छन्-
‘यस्तै जलन
यस्तै ढोङ
यस्तै नकाब
यस्तै प्रबृतिका
रसायनहरु मिलाएर
तिनले यौटा आकाश खडा गरेको छन
जहा नकाब धरेर
रङका पिचिकारीहरु भर्छन्
अनि यदि कसैको सफा मुहारमा
कालो पोत्न पाइहाले भने तिनले
हर्शोल्लासको भब्य भब्य
आतेशबाजी गर्छन्
टुकुचामा भेला भएर।

हाल टोरोन्टो, क्यानडा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *