न्युजिल्याण्डमा १०२ दिनपछि फेरि भेटिए कोरोना सङ्क्रमित

डिसी नेपाल
२८ साउन २०७७ १४:५९

वेलिङ्टन। कोरोना सङ्क्रमणमुक्त भनेर घोषणा गरिएको न्युजिल्याण्डमा १०२ दिनपछि फेरि सङ्क्रमित भेटिएका छन्।  सरकारी अधिकारीहरुले चार जना नयाँ सङ्क्रमित भेटिएको पुष्टि गरेका छन् तर उनीहरु समुदायबाट सङ्क्रमित नभएको पनि स्पष्ट पारेका छन्।

अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टन पोष्टले न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा अर्डेर्नलाई उद्धृत गर्दै समाचार लेखेको छ।

समाचारमा प्रधानमन्त्री जासिन्डाले कोरोनाको सङ्क्रमण फैलिन नदिनका लाग मुलुकमा फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गर्न लागेकाे उल्लेख छ।

उनले सबैलाई घरमै बस्न र मास्क लगाउने, सामाजिक दुरी कायम गर्नेलगायतका आधारभूत सतर्कताहरु अपनाउन आग्रह गरेकी छन्।

अहिले सङ्क्रमित भएकामध्ये पहिलो सङ्क्रमित झण्डै ५० वर्षका रहेका र उनको अन्तर्राष्ट्रिय यात्राको विवरण नरहेको अधिकारीहरुले जनाएका छन्।

त्यसपछि परिवारका सबै सदस्यको परीक्षण गर्दा तीनै जनामा सङ्क्रमण देखिएको थियो। प्रधानमन्त्री जासिन्डाले कोरोनाका विरुद्धमा सबैजना फेरि एक पटक एकजुट भएर लड्ने र परास्त गरिछाड्ने बताएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *