सज्जा चौलागाईँ बनिन् नेपाल आइडल सिजन –३ को बिजेता
काठमाडौं । सज्जा चौलागाईँ नेपाल आइडल सिजन–३ को विजेता भएकी छन्। शुक्रबार भएको ग्राण्ड फिनालेमा सज्जा नेपाल आइडल ३ को बिजेता बन्न सफल भएकी हुन्। उनले बिजेताको उपाधि उचाल्दै गर्दा सबैले अपेक्षा गरेका प्रवीण बेडुवाल फस्ट रनरअप बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले।
दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा विजेताको घोषणा गरिएको हो। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका थिए।
नेपाल आइड–३ को उपाधिसहित विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment