निषेधाज्ञाले पनि निषेध गर्न नसकेको रातो मछिन्द्रनाथको रथ यात्रा (फोटोफिचर)
काठमाडौं। आइतबार प्रशासनको कडा सुरक्षाका बीच ललितपुरको पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म रातो मछिन्द्रनाथको रथ तानियो। तर, यो वर्ष सदाको झै हर्षउल्लाहस भने थिएन। निश्चित मानिसहरुले सुरक्षा मापदण्डसहित रथ तानिरहेका थिए।
कोरोना महामारीका कारण यो वर्षको रथ तान्ने परम्परा नै प्रभावित भयो। गत बिहीबार त झडप नै भयो। परम्परा जोगाउनका लागिमात्र निषेधाज्ञाका बीच आइतबार कोरोना भाइरसको सुरक्षा मापदण्ड पूरा गरेर रथ तानिएको हो।
‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु गरिएको छ। यसवर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएपछि रथलाई आइतबार ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राखिएको छ।
कोरोना माहामारीका कारण भौतिक दूरीमा रहेर १९ जातीय खलका मानिसका साथै पाटन टोलका केही मानिस सहभागी भएर रथ तानिएको थियो। रथ यात्रामा देखिएको दृष्यलाई हामीले डिसी नेपालको क्यामेरामा कैद गर्ने प्रयास गरेका छौं।



















No ads found for this position



Facebook Comment