क्रिकेट दक्षिण अफ्रिका विद्रोहमा, बोर्डद्वारा निलम्बन अस्वीकार
काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेटमा आन्तरिक कलह रोकिने नामै लिएको छैन। क्रिकेट दक्षिण अफ्रिका (सीएसए) लाई दक्षिण अफ्रिका कन्फेडेरेसन र ओलम्पिक समिति (एसएएससीओसी) द्वारा निलम्बन गरेपछि क्रिकेट संघले निलम्बन स्वीकार्न पूर्ण रूपमा अस्वीकार गरेको छ। क्रिकेट दक्षिण अफ्रिका द्वारा जारी गरिएको ट्विटर ह्यान्डलमा सो बयान पोष्ट गरिएको छ ।
ओलम्पिक समितिको निर्णयमा आपत्ति जनाउँदै बोर्डले लेख्यो, “सीएसए र सदस्य परिषद ओलम्पिक समितिले लिने निर्णयसँग हामी सहमत छैनौ ।” यस बाहेक सीएसएले ओलम्पिक कमिटीले सीएसएको वित्तीय मामिलामा हस्तक्षेप गर्न आग्रह गरेको आधारमा कानुनी सल्लाह खोज्दै छ। साथै सीएसए ओलम्पिक समितिसँग आफ्नो अडान बुझ्न र क्रिकेटको सर्वोत्तम हितका लागि उपयुक्त समाधान खोज्न अगाडि कुरा गर्न इच्छुक रहेको छ।
वास्तवमा दक्षिण अफ्रिकी सरकारले देशको क्रिकेट निकायमा भएको कुप्रबंधन र भ्रष्टाचारको छानबिन गर्न चाहन्छ, जस पछि उसले खेलकुद संघ र ओलम्पिक समितिलाई क्रिकेट गतिविधि नियन्त्रण गर्न आग्रह गर्यो। यसको मतलब अब सीएसएसँग दैनिक कार्यहरू सञ्चालन गर्ने कोही पनि रहने छैनन।
सीएसएका पूर्व सीईओ थाबांग मुन्रोलाई गत महिना भ्रष्टाचारको गम्भीर आरोप लागेपछि पछि पदबाट हटाइको थियो । कार्यवाहक सीईओ जोक फल र अध्यक्ष क्रिस नानजानीले पनि गत महिना राजीनामा दिएका थिए। त्यसपछि फलको ठाउमा कुगन्द्री गावन्डर द्वारा प्रतिस्थापित गरिएको थियो।
देशका शीर्ष खेलाडीहरूले पनि सेप्टेम्बर ५ मा हुने वार्षिक साधारण सभा ९ब्न्ः० स्थगित गरेकोमा आलोचना गरेका थिए। सीएसएले अब अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को पनि सामना गर्नुपर्ने हुन सक्छ किनकि ओलम्पिक समितिको कारवाहीलाई सरकारको हस्तक्षेपका रूपमा लिन सकिन्छ।
CSA statement on SASCOC resolutions ? pic.twitter.com/Lo5DtBxrJq
— Cricket South Africa (@OfficialCSA) September 10, 2020







डिसी नेपाल








Facebook Comment