नेपालमा कोरोनाबाट मृत्यु हुनेमा ५० वर्ष भन्दा माथि उमेर समूहका धेरै

डिसी नेपाल
२९ भदौ २०७७ १२:२२

काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड १९) कारण सबैभन्दा बढी मृत्यु हुनेमा ५० बर्ष भन्दा माथिका उमेर समूहका नागरिक रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकभर हालसम्म ३ सय ४५ जनाको मृत्यु भएको छ। जसमध्ये ५० बर्ष भन्दा बढी उमेर समुहको संख्या २३० जना रहेको छ।

५० वर्ष माथिका उमेर समूहका मृत्युदरमा सबैभन्दा बढी मृत्यु हुनेमा ७५ भन्दा माथिका उमेर समूहका मृत्युदर सबैभन्दा बढी ५५ रहेको छ। त्यस्तै सोही उमेर समूहमा मृत्यु कम हुनेमा ५० देखि ५४ वर्षका उमेर समूहका २७ रहेका छ।

५५ देखि ५९ उमेर समूहका मृत्युदर ३५ छ भने ६० देखि ६४ उमेर समूहको मृत्युदर ३८ रहेको छ। स्वास्थ्य मन्त्रालका अनुसार ६५ देखि ६९ सम्मका उमेर समूहको मृत्युदर ४० रहेको छ भने ७० देखि ७४ उमेर समूहको मृत्युुदर ३५ रहेको छ।

५० वर्ष माथिका उमेर समूहका मृत्युदरमा सबैभन्दा बढी मृत्यु हुनेमा ७५ भन्दा माथिका उमेर समूहका मृत्युदर सबैभन्दा बढी ५५ रहेको छ। त्यस्तै सोही उमेर समूहमा मृत्यु कम हुनेमा ५० देखि ५४ वर्षका उमेर समूहका २७ रहेका छ।

२५ वर्ष मुनीका उमेर समूहको मृत्युदर जम्मा १६ रहेको स्वास्थ मन्त्रालयको तथ्यांकले देखाएको छ। जसमध्य १० देखि १४ बर्ष उमेर समूहका मृत्युदर शून्य छ। त्यस्तै २५ देखि ५० बर्ष मुनि उमेर समूहको मृत्युदर ९९ रहेको छ।

जनस्वास्थ्यविद डाक्टर रविन्द्र पाण्डेका अनुसार अन्य देशको तुलनामा नेपालमा मृत्युदर कम छ। त्यसमा पनि ५० वर्ष माथिको मृत्युदर बढी हुनुको कारण ५० वर्ष माथिका व्यक्ति अन्य रोगले ग्रसित हुनु हो।

उनले डिसी नेपालसँग भने, ‘असारको तेस्रो हप्तासम्म विदेशबाट फर्किएकालाई मात्रै कोरोना देखिएको थियो। बिस्तारै समुदायमा कोरोना फैलन थालेपछि मृत्युदर बढेको हो।’

उनले थपे, ‘स्वास्थ मन्त्रालयको तथ्यांक अनुसार ५० वर्षभन्दा बढी उमेर समूहका नागरिकको मृत्यु बढी भएको देखिन्छ, सोही उमेर समूहका व्यक्ति अन्य रोगले ग्रसित भएका हुन्छन्।’ उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वृद्धवृद्धा, मुटु रोग,मधुमेह जस्ता दीर्घ रोग भएका मानिसको बढी मृत्यु भएको छ त्यसकारण यस समूहका व्यक्तिलाई आइसोलेन्समा राखेर ध्यान पूर्वक ख्याल गर्न आवस्यक छ।’

नेपालमा ज्येष्ठ नागरिक कम भएकाले पनि मृत्युदर कम भएको उनले बताए। ‘अन्य देशको तुलनामा नेपालमा ज्येष्ठ नागरिक कम हुनुहुन्छ,’ उनले भने, ‘अमेरिका, बेलायत, इटालीमा हेर्ने हो भने ८० वर्षमाथिका धेरैको मृत्यु भएको छ। इटाली र जापानमा औसत आयु नै ८५ माथि छ। नेपालको औसत आयु ७१ हो। नेपालमा ज्येष्ठ नागरिकको संख्या कम छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *