प्याजमा कालोबजारी, दशैंको मुखमा चीनको प्याज !

तर्कबहादुर थापा
३१ भदौ २०७७ १३:३८

काठमाडौं। भारतले प्याजको निर्यात रोकेपछि सरकाले चीनबाट प्याज आयत विकल्पका विषयमा छलफल थालेको छ। गत वर्ष पनि भारतले प्याज निर्यातमा रोक लगाएको थियो। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि सरकारले चीनबाट प्याज निर्यात गर्ने तयारी गरेको हो।

चाडवाडको मुखमा भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजको अभाव हुन नदिन सरकारले चीनबाट प्याज आयत गर्ने तयारी गरेको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयकी सहप्रवक्ता उपसचिव उर्मिला केसीले डिसी नेपाललाई जानकारी दिइन्।

प्याजको अभावको भएसँगै व्यापारीले कालोबजारी गरेकाले चीनबाट प्याज ल्याएर सहज बनाउने सरकारको तयारी छ। उनले भनिन्, ‘एकदिनमा मात्र यतिधेरै अभाव हुँदै हुँदैन। यो व्यापारीहरुले नितान्त कालोबजारी गर्न खोजेका हुन्। हामीले आवश्यक कारवाही गरिरहेका छौं।’

केसीले प्याजमा भएको कालोबजारीप्रति मन्त्रालयको ध्यानाकर्षण समेत भएको बताउकी छन्। उनले भनिन्, ‘भारतले प्याज निर्यात रोकेको भन्दै सुरु भएको कालो बजारीप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ। एकदिनमै झण्डै २ सय प्रतिशतका दरले भएको मूल्य वृद्धि कालो बजारीको संकेत गरेको हो। आज (बुधबार) विहान मन्त्री पनि स्वयम् कालिमाटी पुगेर बजारको निरीक्षण गर्नु भएको थियो।’

प्याजको अभावको भएसँगै व्यापारीले कालोबजारी गरेकाले चीनबाट प्याज ल्याएर सहज बनाउने सरकारको तयारी छ। एकदिनमा मात्र यतिधेरै अभाव हुँदै हुँदैन। यो व्यापारीहरुले नितान्त कालोबजारी गर्न खोजेका हुन्। हामीले आवश्यक कारवाही गरिरहेका छौं।

लकडाउनमा पनि भारतले औषधि रोकेको र मन्त्रालयले विकल्प अपनाएको स्मरण गर्दै उनले प्याजको आयातको पनि विकल्प हुने जानकारी दिइन्। उनले भनिन्, ‘गत वर्ष पनि दशैंको मुखमा प्याज निर्यात बन्द गर्यो। लकडाउनका बीच पनि औषधि निर्यातमा प्रतिबन्ध लगायो। बाणिज्य तथा आपूिर्त मन्त्रालय यो विषयमा जाकार नै छ। हामीले बजारमा प्याजको अभाव हुँन नदिने गरी भारतको विकल्प रोज्छौं।’

सहप्रवक्ता केसीले सचिव स्तरीय वार्ताबाट नै समस्या समाधान हुने विश्वास पनि व्यक्त गरेकी छन्। ‘पहिलेको यस्तो अवस्थामा पनि सचिवज्यूहरुले सचिव स्तरीय वार्ताबाट समास्या समाधान गर्नु भएको थियो। तर, सम्भव नै भएन भने पनि सरकारले प्याजको अभाव हुन नदिने कुरामा विश्वस्त हुनुहोस्। सरकारले विकल्प खोज्छ।’

मंगलबारसम्म करिव ४० देखि ५० रुपैयाँ प्रतिकेजीमा खरिदबिक्री भएको प्याज बुधबार विहान झण्डै दोब्बर वृद्धि भएर १३० रुपैयाँ प्रतिकेजी पुगेको थियो। १३० रुपैयाँ प्रतिकेजी पुग्दा पनि प्याज छैन भन्दै फर्काइएको उपभोक्ताहरुले बताएका छन्।

उपभोक्ताले काठमाडौं महानगरपालिकामा उजुरी दिएका छन्। उजुरीमा लेखिएको छ, ‘म बल्खु तरकारी बजारमा प्याज लिन आएको र तमी रेगुलर ग्राहक हैनौ भन्दै प्याज नदिएकोले कालो बजारी भएको र कालो बजारी गर्नेहरुलाई कारवाहीको माग गर्दछौं।’

काठमाडौं महानगरपालिकाले बुधबार गरेको अनुगमनबाट कालोबजारी गरेको ठहर गरी ४ जना व्यापारीलाई पक्राउसमेत गरेको बताउको छ। अनुगमन टोलीका सदस्य समेत रहेको महानगरीय प्रहरी प्रभाग कालिमाटीका प्रहरी नायव निरीक्षक जनक श्रेष्ठले पक्राउ परेका ४ जनालाई कालो बजारी कसुर अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिए।

काठमाडौं महानगरपालिका, कृषि शाखा प्रमुख हरिबहादुर भण्डारीले खरिदबिल नभएका, विक्रिबिल नभएका र मूल्यसूचिसमेत नराखेका व्यापारीहरुलाई आवश्यक कारवाही गरेको जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘हामीले. प्याजको मूल्य वृद्धि भयो भने पनि बजार अनुगमनका लागि गएका थियौं। बजारमा कृतिम अभाव देखाएर कालोबजारी गर्न लागेको केही व्यापारीलाई कारवाही समेत गरेका छौं।’

काठमाडौं महानगरपालिका भण्डारीको नेतृत्वमा गएको अनुगमन टोलीले बल्खु तरकारी बजारमा अनुगमन गर्दा करिव २ सय बोरा प्याज शंकास्पद तरिकाले राखेको भेटेपछि कारवाही गरिएको जनाइएको छ।  गतवर्ष पनि भारतले प्याजको निर्यात रोक्दा नेपालमा प्याजको मूल्य करिव २ सय प्रतिकेजी पुगेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *