प्याराग्लाइडिङ प्रशिक्षण शुरु
काठमाडौं । पोखरामा प्याराग्लाइडिङका खेलाडीले प्रशिक्षण शुरु गरेका छन् । करिब सात महिनादेखि कोरोना भाइरसले गर्दा सबै खेलका प्रतियोगिता एवम प्रशिक्षण बन्द रहेकामा केही सहज भएपछि प्याराग्लाइडिङका खेलाडीले प्रशिक्षण शुरु गरेका हुन् ।
प्याराग्लाइडिङ खेलको प्रशिक्षण लकडाउन खुकुलो भएसँगै शुरु भएको हो । सरकारले असोज ५ गते देखि लकडाउन खुकुलो बनाएपछि खेलाडीहरु प्रशिक्षणमा फर्किएका हुन् । सुरक्षाका मापदण्ड अपनाएर प्रशिक्षण शुरु गरिएको छ । पोखराको प्याराग्लाईडिङले खेल पर्यटनमा ठुलो टेवा पुर्याएको छ । तर लकडाउनका कारण बन्द रहेको प्याराग्लाइडिङ्गको व्यवसायीक उडान भने शुरु भएको छैन ।
लामो समय बन्द हुदाँ खेलाडीहरुको व्यवसायीक ज्ञान र प्रशिक्षण दुवै प्रभावित बन्यो । पोखराको सराङकोट, तोरीपानी र मान्द्रे ढुंगाबाट सामान्य अवस्थामा ५५ वटा कम्पनीका करिब ३ सय ५० जना पाइलटले दैनिक उडान भर्दै आएका छन् । प्याराग्लाईडिङले दुई वर्ष अघि इन्डोनेसियामा सम्पन्न एशियन खेलकुदमा नेपाललाई रजत पदक दिलाएको थियो । गत फागुन दोस्रो साता मात्रै पोखरामा प्याराग्लाइडिङ वल्र्डकप एशियन टुर सम्पन्न भएको थियो ।







डिसी नेपाल








Facebook Comment