४१ एम्बुलेन्स र ६ वटा बस भारतले दियो उपहार
काठमाडौं। भारत सरकारद्वारा नेपालका ३० जिल्लाका सरकारी तथा गैरनाफामूलक संघ संस्थालाई ४१ एम्बुलेन्स र ६ बस उपहार स्वरुप प्रदान गरिएको छ। महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा भारतले ती उपहार दिएको हो।
सदाझैं एम्बुलेन्स र बसहरु उपहार स्वरुप प्रदान गर्ने परम्परालाई निरन्तरता दिदै भारतीय राजदूतावास, काठमाडौंले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार स्वरुप प्रदान गरेको हो।
यी संघ संस्थाहरु नेपालका दुर्गम जिल्ला लगायतका विभिन्न ३० जिल्लामा छरिएर रहेका छन्। विभिन्न क्षेत्रमा आधारभूत स्वास्थ्य पहुँच विस्तार गर्न दूतावासले विगत लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई हरेक वर्ष एम्बुलेन्स तथा विद्यालयका लागि बस उपहार स्वरुप प्रदान गर्दै आएको छ।
सन् १९९४ देखि हालसम्म भारतीय राजदूतावासले झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment