आईपीएलः दिल्ली शीर्ष स्थानमा
काठमाडौं । ईण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्लीले तेस्रो जित हात पारेको छ। शनिबार भएको खेलमा दिल्लीले कलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको हो।
दिल्लीले दिएको २२९ रनको लक्ष्य पछ्याएको कलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर २१० रन बनायो । कलकत्ताका लागि नितिश रानाले ५८ तथा इयोन मोर्गनले ४४ रन बनाए। यस्तै राहुल त्रिपाठीले ३६ रन बनाए। दिल्लीका एनरिच नोर्तजेले ३ तथा हर्सल पटेलले २ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २२८ रन बनायो। दिल्लीका लागि कप्तानी श्रेयस ऐरले ८८ तथा पृथ्वी शले ६६ रन बनाए। कलकत्ताका आन्द्रे रसेलले २ विकेट लिए।
जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दिल्ली ४ खेलमा ३ जितका साथ ६ अंकसहित शीर्षस्थानमा रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment