३७ वर्षीया महिलाले कालिगण्डकीमा किन हामफालिन?
पाल्पा। आइतबर दिउँसो पाल्पा रामपुर नगरपालिका वठा नम्बर ५ बेझाडकी ३७ वर्षीया की शर्मिला तिवारीले कालिगण्डकीमा हाम फालेकी छन्।
पाल्पा जिल्ला रामपुर नपा ६ तिलपुरस्थित पाल्पा रामपुर र स्याङ्जा चापकोट सिमानामा रहेको पक्कि पुलबाट कालिगण्डकी नदिमा हाम फालेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
हामफालेको सूचना प्राप्त हुन साथ खोजतलास तथा अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाबाट प्रहरी निरिक्षकको कमाण्डमा टोली खटिई गएको पनि प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी रहेको पनि जिप्रका पाल्पाले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment