अन्तराष्ट्रिय अनलाईन पुम्सेमा आयशा र पार्वतीलाई स्वर्ण

डिसी नेपाल
१८ असोज २०७७ २०:२१
16
Shares

काठमाडौं । बङलादेशमा सम्पन्न अन्तराष्ट्रिय अनलाईन पुम्सेमा नेपालकी आयशा शाक्य र पार्वती गुरुङले स्वर्ण पदक हात पारेकी छिन । आईतवार भएको प्रतियोगिमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले ४० वर्ष मूनिको उमेर समूहमा पहिलो स्थान प्राप्त गर्दै स्वर्ण पदक जितेकी हुन् । ३० वर्ष मूनिको प्रतिस्पर्धामा पार्वती गुरुङले स्वर्ण तथा निता गुरुङले रजत पदक हात पारेकी छिन ।

यू २४ वर्ष मूनिको महिलातर्फ सिना मादेनले रजत पदक तिजेकी छिन् । त्यस्तै यू २४ वर्ष मूनिको पुरुषतर्फ नेपालकै कृष्णबहादुर तामाङले रजत पदक जितेका छन । प्रतियोगितामा नेपाली आर्मीका तेक्वान्दो खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दे सहभागिता जनाएका थिए ।

खेलाडीहरुले अनलाईन मार्फत लगनखेल स्थित आर्मी फिजिकल ट्रेनिङ एण्ड स्पोटर्स सेन्टर बाट आ–आफ्नो प्रस्तुती दिएका थिए । प्रतियोगितामा नेपाल आर्मीका प्रशिक्षक दिपक बिष्ट र दान बाहादुर ऐरी को महत्त्वपूर्ण भुमिका रहेको थियो ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.